नियम ११
अनुमति पत्र दिन सक्ने

(१) नियम १० बमोजिमको निवेदनसाथ प्राप्त हुन आएको कागजात तथा विवरण उपर स्थानीय निकायले आवश्यक छानविन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त कागजात तथा विवरण उपर छानविन गर्दा आवश्यक कागजात तथा विवरण पेश नगरेको पाइएमा त्यस्तो कागजात तथा विवरण पेश गर्न सम्बन्धित निवेदकलाई पन्ध्र दिनको म्याद तोकी निवेदन परेको मितिले सात दिनभित्र सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै कागजात तथा विवरण पेश गर्न स्थानीय निकायले म्याद तोकी सूचना दिएकोमा त्यस्तो कागजात प्राप्त भएपछि स्थानीय निकायले आवश्यक छानविन गरी स्वीकृति प्रदान गर्न उपयुक्त देखिएमा स्थानीय निकायले निर्धारण गरेको शुल्क लिई अनुसूची–२ बमोजिमको ढाँचामा तीस दिनभित्र निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।

(४) निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त नहुने देखिएमा कारणसहित सात दिनभित्र सो को जानकारी दिनु पर्नेछ ।

(५) स्थानीय निकायले अनुमतिपत्र दिँदा व्यावसायिक र गैर व्यावसायिक रुपमा फोहरमैला व्यवस्थापन गर्न छुट्टाछुट्टै अनुमतिपत्रको व्यवस्था गर्न सक्नेछ ।

(६) अनुमतिपत्रको अवधि पाँच वर्षको हुनेछ ।